कञ्चनजंघा सेसेलुङ गोल्डकपको उद्घाटन सुनसरीसँग आयोजक स्तब्ध 

वेलकम खबर
पुस ४, २०८०

ताप्लेजुङ । चासोक तङ्नाम पर्वको अवसरमा आयोजना गरिएको प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकपको फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले गोल्ड कप उद्घाटन गर्नु भयो । उक्त कार्यक्रममा नगर उपप्रमुख भिमादेवी ओझा ,प्रमुख जिल्ला अधिकारी ,सुरक्षा निकायका प्रमुख, वडा अध्यक्ष ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष , पाटी प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । आजको पहिलो उद्घाटन खेलमा आयोजक कञ्चजङ्घा १–२ गोलले सुनसरीसँग स्तब्ध भएको छ । चक्रघट्टी फुटबल क्लब सुनसरीका आकाश राईले २ गोल गदै आयोजकलाई पछि पारेका हुन् ।

आयोजक कञ्चजङ्घा फुङलिङका अनुप सेन्दाङले १ गोल फर्काएका थिए । दुई गोल गरेका चक्रघट्टी फुटबल क्लब सुनसरीका आकाश राई आजको म्यान अफ द म्याच बनेका हुन । विहीवार जलथल फुटबल क्लब झापा र पाँचथर फुटबल क्लब पाँचथर बिच प्रतिस्पर्धा हुने प्रतियोगिता सञ्चालन समितिका सह संयोजक दिनेश लिङखिमले बताउनुभयो । लिटलबुद्ध आवासीय माविमा भएको चासोक तङ्नामको महत्व विषयमा बतृत्वकला प्रतियोगितामा भानुजन माध्यमिक विद्यालयका प्रतीक पुरी प्रथम भएका छन् भने लिटल बुद आवासीय माध्यमिक विद्यालयका सिक्कुम इङवासाम लिम्बू द्वितीय त्यस्तै अक्सफोर्ड माध्यमिक विद्यालयकी तृषा पौडेल तृतीय भईन । मेची सेन्टमेरिजको गोमा दाहाल सान्त्वना भएकी छन् । आठवटा माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागी प्रतियोगिता थियो ।  विजयीलाई पुष १० गते चासोक तङ्नामको दिन पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु