सिरिजङ्गा गोल्डकपको उपाधि ईलामले चुम्यो

वेलकम खबर
मंसिर २९, २०८०

ताप्लेजुङ । श्रेस्रो सिजंगा गोल्डकपको उपाधि सन्दकपुरको देउराली स्पोर्टिङ क्लवले इलाम जितेको छ । आज भएको फाइनल खेलमा न्यू स्टार क्लव झापालाई २–० गोल अन्तरले पराजित गर्दै ईलामले उपाधि जितेको हो ।
पहिलो हाफको २४ औं मिनेटमा झापाका अभिषेक लिम्वुले गरेको आत्मघाती गोलसँगै झापाको ओरालो यात्रा सुरु भएको थियो । दोश्रो हाफको २२ औं मिनेटमा इलामका बिकेश लिम्वुले करिव २५ मिटेर टाढावाट गरेको प्रहार गोलमा परिणत भएपछि खेल ईलामलाई जित निकाल्न सहज भएको थियो ।
विजेता इलामले २ लाख २ हजार प्राप्त गरेको छभनें उप विजेता झापाले १ लाख ११ हजारमा चिक्त वुझाउनु परेको छ । किरात लिम्वू साहित्यका साहित्यकार तथा लिम्वू भाषा र लिपिका पुनरुत्थान कर्ता सिरीजंगा सिं थेवेको जन्मजयन्तीको अवसर पारेर विगत तीन वर्षदेखि यो प्रतियोगिता हुदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*