सिरिजघा गोल्डको फाईनलमा इलाम र झापा भिड्ने

मदन गौतम
मंसिर २८, २०८०

ताप्लेजुङ । सिरिजघा गोल्डको आजको सेमिफाईनल खेल देउराली स्पोर्टिङ क्लब इलाम विजय भएकोछ । सुनाकोटी सिटी एफसी काठमाण्डौलाई एक गोलले पछि पादै इलाम फाईनलमा प्रवेश गरेकोछ । जितका लागि खेलको २५ औ मिनेटमा विकेस लोक्तानले गरेको गोल नै निर्णायक बनेको हो ।
देउराली स्पोर्टिङ क्लब इलाम र न्यू स्टार क्लब, झापा उपाधिका लागि मैदानमा उत्रिदै छन । झापाले उदयपुरलाई फाईनल पुग्न रोकेको थियो । देउराली स्पोर्टिङ क्लब इलाम गत बर्षको विजेता टिम हो । आयोजकका अनुसार विजेताले नगद २ लाख २ हजार २ सय २२ रुपैँया र उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैँया सहित ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।
मंसिर २५ गतेबाट सुरु भएको तेस्रो संस्करण अन्तर्गतको सिरिजघा गोल्डको फाईनल भोली सकिदैछ । सिरीजंगा सिं थेवेको जन्मजयन्तीको अवसर पारेर यो प्रतियोगिता तीन वर्षदेखि हुदै आएको छ । प्रतिनीधी सभा सासद उर्मिला थेबेको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन हुने तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*