फिदिम तताए राजेशपायल राईले

वेलकम खबर
२३ मंसिर २०८०, शनिबार १८:१५

फिदिम । सांगीतिक क्षेत्रमा लामो समयदेखि राज गरिरहेका राजेश पायल राई शुक्रबार साँझ फिदिममा आयोजित सांगीतिक मञ्चमा देखिए । रात निकै छिप्पिएपछि स्टेजमा उक्लिएका राजेशलाई देख्ने विक्तिकै फ्यानहरुको हुटिङले फिदिम बजार हल्लियो ।

राजेशको गीतसँगै झुम्न फिदिम माविको मैदानमा हजारौँ युवा युवतीहरुको जमघट थियो । स्टेजमा राजेश गाँउदा मैदानमा फ्यानहरु कम्मर मर्काइ मर्काई नाचे । ‘मैले मायाले दिएको चिनो फाल्यौ कि राख्यौ’ बोलको गीतबाट राजेशले महोल तपाउन सुरु गरे ।

उनले करिब दुई घण्टा गीत गाँउदा रातको १२ बजिसेको थियो । चीसोको प्रवाह नगरी राजेशलाई उनका फ्यानहरुले साथ दिईरहे । राजेशले दुई दर्जन गीत गाएर फिदिमलाई गुञ्जयमान पारे ।

बसमा छैन यो मन , सै हाङ्मा, तिमिसँग जिउने मर्ने चाहना छ मेरो, मलाई जुनीजुनी तिम्रै हुन मन छ, म त मर्छु क्या हो ठूली, मलाई पनि अंग्रेजीमा बोल्न सिकाई देउ न, माया गर्छु लुङ्वा हजुरलाई, उकाली जाँदा दाहिने प¥यो बर, किन यति धेरै माया लाग्छ नि हाउ, शिरैमा मेरो पगरी लै लै, ए सिम्मा आउ बस छेउमा, सायरेम लगायतका गीत गाएर राजेशले हजारौलाई नचाए ।

वाईवाई प्रथम अन्तराष्ट्रिय आमन्त्रण किराँत गोल्डकप फुटबल प्रतियोगिताको सन्दर्भ पारेर पाँचथर फुटबल क्लबले आयोजना गरेको सांगीतिक कार्यक्रमाम राजेशले आफ्नो धमकेदार प्रस्तुती दिएका हुन् ।

शुक्रबार दिउसैदेखि फिदिम माविको मैदानमा गुञ्जिएको संगीतले फिदिम गर्माएको थियो । राजेशको प्रस्तुती हुने भनेपछि हजारौ संगितका पारखीहरु फिदिम ओईरिएका थिए । पाँचथर फुटबल क्लबले आयोजना गरेको उक्त कार्यक्रममा स्थानीय कलाकारले समेत प्रस्तुती दिएका थिए ।-jorpati

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*