ताप्लेजुङले काठमाडौलाई हरायो

पाँचथर । प्रथम वाईवाई अन्तराष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगितामा ताप्लेजुङले काठमाडौलाई हराउदै सेमिफाईनलमा प्रवेश गरेको छ ।
पाँचथरको फिदिममा आज भएको क्वाटर फाईनल खेलमा कर्ण सिंह सोनाम स्मृती फुटबल क्लब ताप्लेजुङले काठमाण्डौको हिमालयन शेर्पा फुटबल क्लबलाई ४–३ गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।
ताप्लेजुङको तर्फबाट प्रबिण जवेगु दुई गोल गरे । मञ्जित याङ्देन र दीपेश लिम्बूले एक-एक गोल गरेका थिए ।हिमालयन शेर्पाका लागि ओस्कर र बसन्त ओझाले एक÷एक गोल गरे । भने एकगोल ताप्लेजुङका आशिस लिम्बूले सुसाईड गोल भएको थियो ।आज भएको खेलमा ताप्लेजुङका गोल किपर आकाश लिम्बू म्यान अफ दी म्याच घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि खेलकुद बिकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तान र आयोजक पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले पाँच हजार नगद पुरस्कार प्रदान गरे ।आज भएको खेलसँगै किराँत गोल्डकपमा क्वाटर फाइनको समिकरण पूरा भएको छ । बुधबार हुने सेमी फाइनलको खेलमा मोरङको डाँगीहाट फुटबल क्लबले आयोजक पाँचथर फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
बिहिबार हुने सेमी फाइनलको अन्तिम खेलमा ताप्लेजुङले झपाको बिर्तामोड युनाईटेड क्लबसँग भिड्नेछ । प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले चार लाख चार हजार चार सय ४४ रुपैँया र दोस्रो हुनेले दुई लाख दुई हजार दुई सय २२ रुपैँयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।