आङखोप गोल्डकपको उपाधि सुरुम्खिमले जित्यो

वेलकम खबर
२९ कार्तिक २०८०, बुधबार १०:५५

 

तालेजुङ । दिपावलीको अवसरमा आङखोप युवा समाजद्धारा आयोजना भएको आठौ आङखोप कप पुरुष फुटबल तर्फको उपाधि लालि गुरास सुरुमखिमले उचालेकोछ । विजेता लालि गुरास सुरुमखिमले नगद ८० हजार सहित ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेकोछ । दितीय भएको चाकसीबोटे स्पोटीङले नगद ४५ हजार सहित ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेकोछ ।
भने महिला फुटबल तर्फ विजेता रोयल स्पोटीङ दमक भएको थियो । विजेता रोयल स्पोटिङ दमक झापाले नगद ३५ हजार सहित ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेकोछ । द्धितीय फिदिम पाचथरले नगद २१ हजार सहित ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेकोछ । कार्तिक १९ गते देखि सुरु भएको प्रतियोगितामा पुरुष तर्फ १६ टिमको सहभागिता रहेको थियो त्यस्तै महिला तर्फ ८ टीमले भाग लिएका थिए । प्रतियोगितामा सेमिफाईनलबाट बाहिरीने पुरुष टिमलाई ८ हजार र महिला टिमलाई ५ हजार यातायात खर्च प्रदान गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी , सर्वाधिक गोलकर्ता उत्कृष्ट गोलकिपरलाई पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको समापनमा प्रतिनिधी सभा सदस्य योगेश भट्टराईले पुरुष तर्फको विजेता तथा उपविजेताको पुरस्कार वितरण गर्नु भएको थियो भने महिला तर्फको विजेतालाई सिदिङवा गाँउपालिका अध्यक्ष मानबहादुर राई र उप विजेतालाई सिदिङवा गाँउपालिकाका उपाध्यक्ष बन्दना कडरियाले आङखोप युवा समाज अध्यक्ष भुपेन्द्र बुढाथोकीले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*