विमल नेपाल फर्केर एनएसएल खेल्ने

वेलकम खबर
अशोज १६, २०८०

काठमाडौं । नेपालका सफल स्ट्राइकरमध्ये एक विमल घर्तीमगर यो साता निकै चर्चामा रहे । पहिले उनी अस्टे«लिया गएपछि मिडियामा छाए भने अहिले उनी नेपाल आएर खेल्ने भनेपछि उनको चर्चा भयो । विमलले मंसिरमा हुने नेपाल सुपर लिग खेल्न नेपाल फर्किने भने सामाजिक संजालमा स्टाट्स राखेका हुन् ।

उनी गत साता असोज १२ गते उज्ज्वल भविष्यको लागि भनेर अस्टे«लिया गएका थिए । उनको नेपाल छाडेको समाचारले सकारात्मक र नकारात्मक दुबै टिप्पणीले ठाउँ लिएको थियो । विमल नेपाली लिगमा मच्छिन्द्र क्लबमा आबद्ध छन् ।

उनले अस्टे«लिया जान नेपाल सुपर लिगकै एक टोली ललितपुर एफसीसँग मार्की खेलाडीको सम्झौता रद्द गरेका थिए । तर, नेपाल फर्केर उनले एनएसएल खेल्न भने चितवन एफसीबाट खेल्ने तय गरेका छन् ।

विमलको फेसबुक स्टाट्स यस्तो थियो

जिन्दगीमा अनेकौ उतार चडाव आउछन !! उमेरको बढ्दो क्रमसँगै जिम्मेवारी र व्यावहारिक पन पनि बढ्ने रहेछ !! त्यसै क्रममा आफ्नो र परिवारको उज्ज्वल भविष्य बनाउनका निम्ति आफ्नो प्राण प्यारो देशप्रतिको माया र लगावलाई एक्छिन थाती राखेर अष्ट्रेलिया आउने निधो गरे !! तर पनि मलाई माया गरेर पुन मलाई आउँदै गरेको नेपाल सुपर लिग मा आइकनिक प्लेयरको रुपमा फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिनुभएकोमा चितवन एफसीलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु !! यो अवसर सिर्जना गरिदिनु हुने आदरणीय व्यक्तित्व लगायत मेरा सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक नमन टक्राउन चाहान्छु !! जय नेपाल जय नेपाली फुटबल !!

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*