वडा अध्यक्ष कपको उपाधी थुम्बेदिनको पोल्टामा

मदन गौतम
अशोज २, २०८०

ताप्लेजुङ । फुङ्लिङ नगरपालिका ८ मा भएको प्रथम वडाअध्यक्ष कप पुरुष भलिवल प्रतियोगिताको उपाधी थुम्बेदिनले आफ्नो पोल्टामा पारेकोछ । आज भएको फाईनल खेलमा  पाथीभरा याङवरक गाउपालिकाका वडा नं ३ र ६ विच अत्यन्तै रोचक तथा कडा प्रतिस्पर्धामा थुम्बेदिनले तिरिङगेलाई ३–२ को सेटको कठिन जित निकालेको हो ।
प्रतियोगिताको विजेता थुम्बेदिन नगद ८० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेकोछ । पाथीभरा याङवरक गाउपालिकाका वडा नं ६ थुम्बेदिनले मिक्वाखोला गाउँपालिका ५ पापुङलाई पराजित गरि फाईनलमा प्रवेश गरेको थियो । त्यस्तै पाथीभरा याङवरक गाउपालिकाका वडा नं ३ तिरिङेले आयोजक फुङलिङ ८ लाई पराजित गरि थुम्बेदिनसग फाईनलको प्रतिस्पर्धा स्थान बनाएको थियो । उप विजेता तिरिङेले ५० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेकोछ । गत भाद्र ३० गते सुरु भएको प्रतियोगितामा जिल्लाका ९ स्थानीय तहका ६१ वडाहरु मध्ये २२ वटा वडाहरुले सहभागिता जनाएका थिए । बिजेतालाई प्रदेश साँसद खगेनसि हाङगाम,जिसस प्रमुख छिरिङ लामा,फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन लगायतले पुरस्कार तथा मेडल वितरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु