पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनल प्रवेश

वेलकम खबर
भदौ २९, २०८०

काठमाडौँ । पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा पुगेको छ। सुपर फोर अन्तर्गत गएराति भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा स्थान सुरक्षित गरेको हो।

पाकिस्तानले दिएको २५२ रनको लक्ष्य पछाएको खेलमा श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। वर्षाले प्रभावित हुँदा ४२/४२ ओभर खेलाइएको यस खेलमा डक वर्थ लुइस नियम अनुसार श्रीलंकालाई ४२ ओभरमा २५२ रनको लक्ष्य दिइएको थियो।​​

श्रीलंकाका लागि चारिथ असलंकाले अन्तिम २ बलमा जितका लागि ६ रन आवश्यक भएको बेला चौका र २ रन लिएर श्रीलंकालाई जित दिलाउदै फाइनलमा पुर्याएका थिए। उनले अविजित ४९ रन बनाए। त्यस्तै श्रीलंकाका लागि कुसल मेडिन्सले सर्बाधिक ९१, सडीरा समाराविक्रमाले ४८ रन बनाए। पाकिस्तानी बलर इफ्तिखार अहमदले ३, शाहिन शाह अफ्रिदीले २ तथा शादाव खानले एक विकेट लिएका थिए।

यसअघि पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै ४२ ओभरमा ७ विकेट गुमाउदै २५२ रन बनाएको थियो। पाकिस्तानका मोहमद रिजवानले सर्बाधिक ८६ रन बनाए भने अब्दुल्लाह शाफिकले ५२, इफ्तिखार अहमदले ४७ रनको योगदान गरेका थिए।​

श्रीलंकाले अब उपाधिका लागि आइतबार भारतसँग खेल्नेछ। सुपर फोरको अन्तिम खेलमा आज भारत र बंगलादेश खेल्ने छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*