ताप्लेजुङ गोल्डकपमा फुटबल दर्शकबाट उठ्यो १९ लाख

वेलकम खबर
भदौ २१, २०८०

ताप्लेजुङ । लाखेजात्राको अबसरमा आयोजित प्रथम ताप्लेजुङ गोल्ड कपमा टिकट बिक्रीबाट मात्रै करिब १९ लाख रुपैँया संकलन भएको छ । गोल्डकप अबधिभरीमा १८ लाख ७६ हजार ७ सय रुपैँयाको टिकट बिक्री भएको लाखेजात्रा संचालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार फाईनलको दिन सबैभन्दा बढी ७ लाख ५५ हजार रुपैँयाको टिकट बिक्री भएको छ ।सोमबार र मंगलबार भएको सेमिफाईनल खेलबाट ४ लाख ६५ हजार ८ सय रुपैँया संकलन भएको लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । समितिका अनुसार क्वाटरफाईनलबाट ६ लाख ५५ हजार ८ सय रुपैँया संकलन भएको हो । फाईनल तथा सेमिफाईनलको खेलका लागि २ सय रुपैँया र क्वाटरफाईनलका लागि १ सय रुपैँया टिकट दर निर्धारण गरिएको थियो । खेलको पहिलो दिन भदौ १४ गते १ लाख ७० हजार ८ सय, १५ गते १ लाख ३१ हजार ७ सय, १६ गते १ लाख ७५ हजार ७ सय र १७ गते १ लाख ७७ हजार ७ सय रुपैँयाको टिकट बिक्री भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच सेमिफाईनलको पहिलो दिन भदौ १८ गते १ लाख ५८ हजार ४ सय र दोश्रो दिन भदौ १९ गते ३ लाख ७ हजार ४ सय रुपैँया संकलन भएको आयोजकको भनाई छ । खेलमा वृद्धवृद्धा, बालबालिका तथा अशक्तहरुका लागि भने निशुल्क प्रवेशको व्यवस्था गएिको थियो । खेल अवलोकनका लागि करिब ५ हजार भन्दा बढी दर्शकको अट्ने क्षमता रहेको छ ।-radiotamor

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु