ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्स इलामले चुम्यो

ताप्लेजुङ । ताप्लेजुङ गोल्ड कप २०८० को पहिलो संस्करणको उपाधी रेडहर्ष फुटबल क्लव इलामले उचालेकोछ । खेलको ३२ औं मिनेटमा शरण बस्नेतले गरेको गोल निर्णायक बन्यो ।
जुट विकाशले क्याप्टेन छिरिङ गुरुङलाई फल्ट गरेपछि फ्रि किकको पाएको इलामका विशाल तामाङले हानेका थिए । त्यही गोल वस्नेतले हेडरले गोल नै निर्णायक बनेको थियो । आजको म्यान अफ द म्याच शरण वस्नेत भए र ५ हजार नगद हात प्राप्त गरे । प्रतियोगिताको बिजेताले नगद तीन लाख ११ हजार र उप–बिजेताले १ लाख ११ हजार पाएका छन् । प्रतिनिधि सभाका सांसद लिलादेवी वोखिम तथा नगरप्रमुम तथा पालिका प्रमुख लगायतले पुरस्कार प्रदान गरेका थिए ।
भानुजन माविको मैदानमा भएको प्रतियोगितामा विदेसी टिम भारतको दार्जेलिङ सहित ८ टिमको सहभागीता रहेको थियो । लाखे जात्राको अवसरमा आयोजित प्रतियोगिता १४ गतेदेखि सुरु भएको थियो । २०२९ सालदेखि हु‘दै आएको खेल कोरोना संक्रमण र खेल मैदानका कारण यसअघिका तीन वर्ष वाहेक प्रत्येक वर्ष हु‘दै आएको छ ।