पथरीलाई ट्राईबेक्ररमा हराउदै ईटहरी फाईनलमा प्रवेश

ताप्लेजुङ। ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपमा आज भएको सेमिफाईनल खेलमा पथरी–११ स्पोटिङ क्लव मोरङलाई पराजित गर्दै जुट विकास फुटबल एकेडेमी ईटहरी सुनसरी फाईनलमा प्रवेश गरेको छ ।
सेमिफाईनल खेलमा निर्धारित समयमा दुवै टोलीले कुनै पनि गोल नगरी बराबर भएपनि खेल ट्राईबेक्रर पुगेको थियो । ट्राईबेक्ररमा जुट विकास फुटबल एकेडेमीले पथरी–११ स्पोटिङ क्लवलाई ५–४ गोल अन्तरले पराजित गरेको हो । ।
फाईनल भिडन्तका लागि दोस्रो सेमीफाईनल खेलमा मंगलवार रेडस्टार फुटबल क्लव बिर्तामोड झापा र रेडहर्ष फुटबल क्लव इलाम बीच हुनेछ । ईलाम र झापाटीमबीचको बिजेतासँग जुट विकास फुटबल एकेडेमीको उपाधि प्रतिश्पर्धा हुनेछ ।
ताप्लेजुङ गोल्ड कपको विजेता टिमले ३ लाख ११ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै उप विजेता टिमले १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

तस्वीर : ताप्लेजुङ गोल्डकप