झापाले दार्जीलिङलाई टिकट कटायो
ताप्लेजुङ । ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्ड कप २०८० को संकरणमा डिफेन्डिङ च्याम्पियन रेडस्टार फुटबल क्लब झापा सेमिफाइनलमा प्रवेश गरेको छ आज भएको खेलमा भारतको युनाईटेड खार्साङ एफ सि दार्जीलिङलाई १-० हराउदै झापा सेमिफाईनलमा प्रवेश गरेको हो । झापालाई विजय गराउन जोन ग्रोअरीले एक मात्रै गोल गरेका थिए । विदेशी खेलाडीको बलियो साथ पाएको झापाले दार्जीलिङलाई खेलको ३० मिनेटमा जोन ग्रोअरीले गरेका थिए ।
सोमबारबाट सेमिफाइनल चरणका खेल सुरु हुने गोल्ड कप संचालन समितिका अध्यक्ष देवराज गुरुङले बताउनु भयो । पहिलो सेमिफाईनल खेलमा भदौ १८ गते पथरी ११ फुटबल क्लब मोरङ र जुट विकास फुटबल एकेडेमी तथा दोस्रो सेमिफाईनल खेलमा भदौ १९ गते रेडहर्स इलाम र रेडस्टार झापा बीच फाईनलमा पुग्नका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएकोछ ।
खेल अवलोकन गर्नका लागि क्वाटरफाईनलमा रु १०० र सेमिफाईनलमा रु २०० र फाईनलमा रु २५० रुपैयाको टिकट काटेर सहयोग गरि खेलाडीको हौसला बढाउन आयोजकले आग्रह गरेकाछन् । खेल सुरु भएको दिन देखी शनिवार सम्म ३ दिनमा ४ हजार ७ सय ८१ वटा टिकट विक्री भएको कोषध्यक्ष निरोज श्रेष्ठले बताउनु भयो । फुङलिङ नगरपालिका स्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा संचालन भएको प्रतियोगिता आगामी भदौ २० गते सकिदै छ । ताप्लेजुङ गोल्ड कपको विजेता टिमले ३ लाख ११ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै उप९विजेता टिमले १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।



















