पथरी–११ सेमिफाइनलमा प्रवेश
ताप्लेजुुङ । ताप्लेजुुङमा जारी लाखेजात्राको अवसरमा संचालित ताप्लेजुुङ गोल्ड कपमा फिदिम स्पोटिङ क्लब पाँचथरलाई ०–२ गोल अन्तरले पथरी–११ फुटबल क्लब मोरङ विजय भएकोछ ।
खेलको पहिलो हाफको ३८ औ मिनेटमा पथरी–११ फुटबल क्लब मोरङका दिपक राईले पहिलो गोल गरि टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको दोस्रो हाफको ४ औ मिनेटमा निरज परिवारले अर्को गोल गदै २ गोलको अग्रता लिएको थियो । आजको मेनअफद म्याच पथरीका खेलाडी निरज परिवार घोषित भए । आजको विजेता पथरी ११ फुटवल क्लब मोरङ र जुट विकास फुटवल एकेडेमी इटहरी बिच फाईनल प्रवेशका लागि भदौ १८ भिडने भएका छन । आईतबार बिदेशी खेलाडी रहेकोले रेडस्टार स्टार फुटबल क्लब झापा र भारतको युनाईटेड खार्साङ एफ सि दार्जेलिङ विच कडा भिडन्त हुने भएकोछ ।
खेल उत्घाटनका दिन १ हजार ७ सय ८ वटा टिकट विक्री गरि १ लाख सतरी हजार आठ सय र दोस्रो दिन १ हजार ३ सय १७ वटा टिकट विक्री गरि १ लाख एकतिस हजार सात सय रुपैया आम्दानी गरेको समितिका कोषाध्यक्ष विरज श्रेष्ठले बताउनु भयो । गोल्ड कपको विजेता टिमले ३ लाख ११ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै उप९विजेता टिमले १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । २०२९ सालबाट विभिन्न नाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यस बर्ष ताप्लेजुङ गोल्डकप नामले संचालनमा आएकोछ



















