रेडहस फुटबल क्लब इलाम सेमिफाइलन प्रवेश

वेलकम खबर
भदौ १५, २०८०

ताप्लेजुङ । गोर्खा स्पोटिङ क्लब दमक झापालाई ०–२ को गोल अन्तरले हराउदै रेडहस फुटबल क्लब इलाम सेमिफाईनलमा प्रवेश गरेकोछ । खेलको २० औ मिनेटमा रेडहस फुटबल क्लब इलामका १४ नं जर्सीका खेलाडी युवराज राईको गोलले इलामले अग्रता लिएको थियो । यस्तै खेलको सेकेन्ड हाफको १८ औ मिनेटमा आशिष राइले अर्को गोल गदै २ गोलले अग्रता लिएको थियो । आजको मेनअफद म्याच रेडहस क्लब इलाम आशिष राई भएका छन् ।

ताप्लेजुङ गोल्डकपको दोस्रो क्वाटर फाईल खेल रेडहस क्लब इलाम र गोर्खा स्पोटिङ क्लब दमक झापा आमने साम्ने भएका थिए । दोस्रो क्वाटर फाईनल खेल जितेको रेडहस फुटबल क्बल इलाम अब सेमिफाइलमा रेडस्टार स्टार फुटबल क्लब झापा र भारतको युनाईटेड कुरसाङ एफ सि दार्जेलिङको विजेतासँग भदौ १९ गते भिड्नेछ । ८ टिम सहभागी प्रतियोगिताको तेस्रो दिन शनिबार फिदिम स्पोटिङ क्लब पाँचथर र मोरङको पथरी–११ फुटबल क्लब मोरङ विच हुने भएकोछ । यसअघि पाथीभरा गोल्ड कपको नाममा संचालन हुदै आएको यस बर्ष भने ताप्लेजुङ गोल्डकपको नामले संचालन भएकोछ ।

प्रतियोगिताको सबै प्राविधिक सहयोग जिलला फुटबल संघले गरेको छ । गोल्ड कपको विजेता टिमले ३ लाख ११ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै उप९विजेता टिमले १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । २०२९ सालबाट विभिन्न नाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यस बर्ष ताप्लेजुङ गोल्डकप नामले संचालनमा आएकोछ
कोभिड तथा प्रतियोगिता सञ्चालन स्थल भानुजन माविको खेल मैदान पुनर्निर्माण सहितका कारणबाट तिन बर्ष पछि रोकिएको प्रतियोगिता संचालनमा आएको लाखे जात्रा सञ्चालन समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*