टाइब्रेकर ताप्लेजुङलाई हराउदै ईटहरीको विजयी सुरुवात
ताप्लेजुङ । ताप्लेजुङ गोल्ड कपमा जुट बिकास फुटबल एकेडेमी सुनसरीले विजयी सुरुवात गरेको छ । मानभरा युथ क्लब ताप्लेजुङलाई ट्राईबेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सुनसरीले सेमिफाईनलको यात्रा सुरक्षित गरेको हो । खेलको २५ औँ मिनेटमा सुनसरीका रोहन कार्कीले पहिलो गोल गर्नु भएको थियो । त्यस्तै खेलको ७२ औँ मिनेटमा ताप्लेजुङका लखन पतङवाले गोल गरेसँगै खेल बराबरीमा फर्काउनु भएको थियो । निर्धारित समयावधिमा दुवैतर्फका खेलाडीले अन्य कुनै गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । अब सुनसरीले भदौ १८ गते पाँचथर र मोरङबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।
लाखेजात्रा सञ्चालन समिति र जिल्ला फुटबल संघ ताप्लेजुङद्वारा आयोजित खेलमा भोलि दोश्रो दिन रेडहर्ष फुटबल क्बल ईलाम र गोर्खा स्पोर्टिङ क्लब दमक झापाबीच प्रतिष्पर्धा हुदैछ । शनिबार तेश्रो दिन फिदिम स्पार्टिङ क्बल पाँचथर र पथरी ११ पुटबल क्बल मोरङ खेल्दैछन् । खेल तालिका अनुसार क्वाटरफाईनल अन्तर्गतको अन्तिम खेलमा आईतबार रेडस्टार फुटबल क्लब विर्तामोड झापा र युनाईटेड खर्साङ एफसि दार्जिलिङ भारतबीच प्रतिष्पर्धा गर्देछन् । प्रतियोगिताको विजेता र उपविजेताले नगद रु ३ लाख ११ हजार १ सय ११ रपैँया र १ लाख ११ हजार १ सय ११ रुपैँया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।



















