नेपाली फुटबल स्टार विमलले गरे लिनासँग यसरी विवाह (फोटो फिचर तथा भिडियो सहित)

वेलकम खबर
भदौ ४, २०८०

काठमाडौ । राष्ट्रिय फुटबल टोलीका सदस्य चर्चित स्टाईकर विमल घर्तीमगरले पाँच बर्ष लामो प्रेम सम्बन्धलाई सफल बनाउँदै विवाह गरेका छन् । विमलले ईटहरी उपमहानगरपालिका घर भएकी प्रेमिका लिना प्रधानसँग आइतवार काठमाडौंको भद्रकाली मन्दिरमा विवाह गरेका हुन् ।


२५ बर्षिय विमलले २४ बर्षिया लिनासँग दुवै पक्षका परिवारको उपस्थितिमा विवाह गरेको हुन । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट शुक्रबार बाहिर निस्किएका उनले विवाहबारे साथीहरुलाई समेत जानकारी दिएका थिएनन् । विमल हाल सालै मात्र एफसी कप छनोट खेलेर भारतबाट फर्किएका हुन् । एन्फा एकेडेमीका उत्पादन उनी केही समय चोटग्रस्त थिए ।


विमल माल्दिभ्समा फुटबल खेल्न जाँदा पहिलो पटक लिनासँग उनको भेट भएको थियो । लिना हाल युएईमा रहेका सभेन स्टार होटलमा काम गछिन विवाहकै लागि भनेर हप्ता दिनको छुटिलिएर नेपाल आएकी उनी मंगलवार नै दुवई फर्कदै छिन । विमलले एएफसी कप छनोटको प्लेअफ अन्तर्गत दशरथ रंगशालामा भएको पारो एफसीविरुद्ध प्लेयर अफ द म्याच बनेपछि खेलमा गरेको गोल लिनालाई नै समर्पण गरेका थिए। बिमल बुवा स्व। होमबहादुर थापा मगर र आमा धनमाया घर्तीमगरको एक्लो छोरो हो भने लिना लक्ष्मी प्रधान र सञ्जु प्रधानकी माहिली छोरी हुन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*