ग्यासको मूल्य घट्यो,पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब कति?

वेलकम खबर
साउन १६, २०८०

काठमाडौ । नेपाल आयल निगमले ग्यासको मूल्य घटाएको छ। प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले ग्यासको मूल्य घटेको निगमले जनाएको छ।आज (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी सो मूल्य कायम भएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ। यसअघि १ हजार ७ सय ९० मा विक्रि हुँदै आएको ग्यासको मूल्य अब १ हजार ६ सय ६० कायम भएको निगमले जनाएको छ। पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी इन्धनको मूल्यवृद्धि गरेको हो।

निगमले एक सूचना जारी गर्दै मूल्यवृद्धि भएको जानकारी दिएको छ।  निगमका अनुसार पेट्रोलमा ९ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ७ रुपैयाँका दरले बढेको छ। त्यस्तै, हवाइ इन्धनको मूल्य भने यथावत् रहेको निगमले बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*