चिनियाँ विदेशमन्त्री छिन काङ पदबाट बर्खास्त

वेलकम खबर
साउन ९, २०८०

काठमाडौँ।चीन सरकाले विदेशमन्त्री छिन काङलाई बर्खास्त गरेको छ। एक महिनायता सार्वजनिक स्थानमा नदेखिएका उनलाई चीन सरकारले पदबाट बर्खास्त गरेको हो।

चीन सरकार नियन्त्रित सीसीटीभीले छिन काङलाई पदबाट बर्खास्त गरिएको पुष्टि मंगलबार गरेको छ।गत डिसेम्बर अन्तिममा पद सम्हालेका चिनियाँ विदेशमन्त्री छिन काङ तीन सातायता सार्वजनिक रुपमा देखिएका थिएनन्।राष्ट्रपति सी चिनफिङका निकट मानिएका काङ अचानक बर्खास्तीमा परेपछि यसबारे विभिन्न टिकाटिप्पणी हुन थालेको छ।

अब परराष्ट्रपमन्त्रीको जिम्मेवारी वाङ यीले पाउने छन्। नेपाल मामिलाका पनि जानकार मानिने वाङ भने दोस्रो पटक परराष्ट्रमन्त्री बनेका हुन्। उनी यसअघि २०१३ देखि २०२२ को डिसेम्बरसम्म परराष्ट्रमन्त्री थिए। गत डिसेम्बरमा वाङपछि काङले नै परराष्ट्र मन्त्रालय सम्हालेका थिए।५७ वर्षीय काङ यसअघि अमेरिकाका लागि चिनियाँ राजदूतसमेत थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*