अन्जनाले दुई पेनाल्टी बचाउँदा नेपालले टाइब्रेकरमा बंगलादेशलाई हरायो

वेलकम खबर
असार ३१, २०८०

काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण महिला फुटबल शृंखला नेपालले जितेको छ ।दोश्रो तथा अन्तिम मैत्रीपूर्ण खेलमा घरेलु टोलीलाई टाइब्रेकरमा पछि पार्दै नेपाल विजयी भएको हो ।

पहिलो खेल १-१ को बराबरी खेलेका नेपाल र बंगलादेशले दोश्रो खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंग्याएका थिए ।त्यसपछि खेलको विजेता छान्न ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा टाइब्रेकर गरिएको थियो ।जसमा नेपाल ४–२ ले विजयी भयो ।टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो । अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो ।बंगलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*