काठमाडौं उपत्यका स्तरीय भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुरलाई

वेलकम खबर
असार २३, २०८०

काठमाडौं । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको काठमाडौं उपत्यका स्तरीय भ्याली फुटसल च्याम्पियनसिप प्रतियोगिताको उपाधि ललितपुरले जितेको छ ।

शनिबार भएको फाइल खेलमा ललितपुरले गोकर्णेश्वरलाई पराजित गरेको हो । उपविजेता बनेको गोकर्णेश्वले द्वितीय पुरस्कारमा चित्त बझाएको छ ।

प्रतियोगिता प्रथम हुने टिमले नगद २ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने टिमले नगद १लाख ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

गत असार १४ गतेदेखि सुरु भएको प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका सबै वडाहरूका विभिन्न फुटसल टिमको सहभागी रहेको  थियो । उपत्यकाका २१ वटै स्थानीय तहका फुटसल टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल रक्षकले १०÷१० हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*