अब ‘गोल सेलेब्रेसन’मा खर्च भएको समय थप हुने

वेलकम खबर
असार १९, २०८०

काठमाडौं फुटबल खेलमा गोल गरेपछि खुसियाली मनाउँदा खर्च हुने समय अब हरेक हाफ पछि थप गरिने समय गणना गर्दा जोडिने भएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा फुटबलको नियम स्थापित गर्ने संस्था इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) ले सन् २०२३/२४ सिजनका लागि नियमहरु परिमार्जन गर्ने क्रममा यो निर्णय लिएको हो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले खेल संचालनका लागि लागु गर्दै आएको नियम (लज अफ द गेम) आईएफएबीले नै संरक्षण तथा समायोजन गर्दै आएको छ ।

लज अफ द गेमको धारा ७ को उपधारा ३ मा ‘खर्च भएको समय थप गरिने’ शीर्षकमा अब गोल सेलेब्रेसनलाई पनि बेग्लै शीर्षक राखेर समावेश गरिने भएको हो । यसअघि गोल सेलेब्रेसनलाई समय थपको अन्य कारणको रुपमा लिइने गरेको थियो ।

नयाँ नियम अनुसार अब तल दिइएका घटनालाई मध्यनजर गर्दै रेफ्रीले हाफको अन्त्यमा समय थप्नेछन् :

  • खेलाडी परिवर्तन
  • चोट लागेका खेलाडीको उपचार वा परिवर्तन
  • समय खेर फालेको
  • कार्ड दिएपछि खेल रोकिएको
  • प्रतियोगिता नियमअनुसार लिइने कुलिङ ब्रेक वा ड्रिंक्स ब्रेक
  • भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को चेक वा रिभ्यु
  • गोल सेलेब्रेसन
  • खेल रोकिनुको अन्य कारण (जस्तै बाह्य वस्तुबाट खेल रोकिनु, आदि)

यो नियम सन् २०२३/२४ सिजनदेखि विश्वभर लागु हुनेछ । अन्तर्राष्ट्रिय क्यालेन्डर अनुसार नयाँ सिजन सुरु भइसकेको छ र अधिकांश ठूला लिगमा ट्रान्सफर विन्डो पनि खुला छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*