साफ च्याम्पियनसिप फुटबलको फाईनल आज,उपाधिको लागि भारत र कुवेत भिड्दै

वेलकम खबर
असार १९, २०८०

काठमाण्डाै । चौधौँ संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधिको लागि आज भारत र कुवेत खेल्दैछन् । फाइनल खेल बेलुका पौने ८ बजे बेङ्ग्लोरमा रहेको कान्तिरभा मैदानमा हुनेछ । सेमिफाइनल खेलमा घरेलु टोली भारतले लेबनानलाई र कुवेतले बङ्लादेशलाई हराएर फाइनलमा पुगेको हो । भारतले लेबनानलाई पेनाल्टीमा हराएको थियो । साफमा भारतले सर्वाधिक ८  पटक उपाधि जितेको छ ।

लेबनान र कुवेतले यसपटक आमन्त्रित टोलीका रुपमा साफ च्याम्पियनसिप खेलेका हुन् । साविक उपविजेता नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*