यूएईमाथि नेपालको जित

वेलकम खबर
असार १७, २०८०

काठमाडौं ।  आईसीसी विश्वकप छनौटअन्तर्गत सातौं स्थानको लागि भइरहेको खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको छ।

दीपेन्द्र सिंह ऐरीको अर्धशतक प्रेरित खेलमा नेपाल ७ विकेट गुमाएर ४० बल अगावै विजयी भएको हो। युएईलाई पराजित गर्न ऐरी र सन्दीप लामिछानेले ७९ रनको साझेदारी गरेका थिए।

८५ बल खेलेका ऐरीले २ छक्का र ७ चौकासहित ७९ रन बनाए भने सन्दीपले ३७ बलमा २ चौकासहित २३ रन बनाए।नेपालका लागि कुशल भुर्तेलले ३५, ज्ञानेन्द्र मल्लले १३, गुल्सन झाले १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्। जिम्बावेमा टस जितेर ब्याटिङको निम्तो पाएको युएईले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८१ रन बनाएको थियो। युएईलाई सस्तैमा रनमा समेट्न करण केसी र सन्दीप लामिछानेले ३-३ विकेट लिए। प्रतिश जिसी, गुल्सन झा र दीपेन्द्र संह ऐरीले एक एक विकेट लिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*