नेपालमा केही गरौं भन्ने व्यक्तिलाई करै कर लगाइयोः सुमना श्रेष्ठ

वेलकम खबर
असार १७, २०८०

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् सुमना श्रेष्ठले अर्थ विधेयक गरिब मान्छेका लागि केही पनि नभएको बताएकी छिन्। प्रतिनिधि सभामा सांसद् श्रेष्ठले अर्थ विधेयक केही गरौं भन्ने व्यक्तिलाई पक्षपोषण गर्ने पक्षमा नभएको बताएकी हुन्।

श्रेष्ठले भनिन्, ‘बच्चाहरूले प्रयोग गर्ने पेन्सिल साप्नरमा १० प्रतिशत भन्सार कर छ। धागोमा कर लगाइएको छ। धागो सूचीकारहरूले प्रयोग गर्छन्। नेपालमा केही गरौं भन्ने मान्छेहरूका लागि कर छ। आयात गरेर सामान बेच्ने मान्छेहरूलाई सहजीकरण गरेको छ। तर,नेपालमा नै म केही गर्छु कच्चा पदार्थ नेपालमै भए नेपालमा नेपालमा नभए विदेशबाट ल्याउँछु भन्दा करै कर छ।’

संसारभर आधारभूत खानेकुरामा भ्याट लगाउने व्यवस्था नै नभएको बताइन्। श्रेष्ठले भनिन्, ‘नेपालमा म गाडी बनाउँछु, मोटरसाइकल बनाउँछु भन्दा विदेशको जस्तो कर लगाउन पाइन्छ। संसार भर आधारभूत खानेकुरामा भ्याट लगाइन्न। किनभने गरिब जनतालाई झन् मार पर्ने कुरा हो। नेपाली कृषकले उब्जाएको सामान किनौं समेत भन्न सकिरहेका छैनौं। अर्थ विधेयकमा गरिब मान्छेका लागि साँच्चै केही छैन।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*