बजेट पास गर्न माओवादीले लगायो सांसदहरूलाई ह्वीप

वेलकम खबर
असार १२, २०८०

काठमाडौँ – नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पास गर्न आफ्ना सांसदहरूलाई हवीप लगाएको छ ।

मंगलबार नै माओवादी मुख्य सचेत हितराज पाण्डेले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट) को पक्षमा मतदान गर्न प्रधानमन्त्रीको निर्देशन अनुसार ह्वीप जारी गरिएको बताएका छन्।

पाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमा भोलि २०८० असार १३ गते बुधबार आ.व. २०८० /०८१ को विनियोजन विधेयक (वार्षिक बजेटको विनियोजन कार्यक्रम) निर्णयार्थ प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेको छ । त्यसैले भोलि असार १३ गतेको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट) को पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार यो निर्देशन (ह्वीप)जारी गरिएको व्यहोरा अनुरोध छ ।’यसअघि मंगलबार नै नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*