शेयर बजारमा ५६ अंकको सुधार, कारोबार रकम ५ अर्ब ४७ करोड

वेलकम खबर
असार १२, २०८०

काठमाडौं । कारोबारको तेस्रो दिन शेयर बजारमा ५६ अंकको सुधार भएको छ । आज ५६ दशमलव ९४ अंकले सुधार आएको शेयर बजार परिसूचक २१८६ दशमलव ३६ विन्दुमा पुगेको छ ।

मंगलबार २७५ कम्पनीका १ करोड ३१ लाख ७ हजार ८० कित्ता शेयर खरिद बिक्री हुँदा ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज १३ दशमलव ४० अंकले बढेको सेन्सेटिभ इन्डेक्स ४१२ दशमलव ५१ विन्दुमा पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*