साताको पहिलो कारोबारको दिन आज नेप्सेमा उछाल, कारोबार रकम ६ अर्ब माथि

वेलकम खबर
असार १०, २०८०

काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) नेप्सेमा उछाल आएको छ । आज नेप्से परिसूचक ६२.२१ अंकले बढ्दा नेप्से इन्डेक्स २११७.७३ विन्दुमा पुगेको हो । आज नेप्से बढेसँगै ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँको कारोबार भएको छ । त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ९ दशमलव ६४अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३९५ दशमलव ४५ विन्दुमा पुगेको छ ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट  अग्रिम स्थानमा छ। यसको आज ४९ करोड ९० लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सोल्टी होटल र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) र हिमालयन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, शिवम पावर र एनआईबिएल ग्रोथ फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*