मैवाखोलाले ल्यायो साढे ३९ करोड रुपैयाँ बढीको बजेट
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कुल ३९ करोड ६९ लाख रुपैयाँ बढीको बजेट ल्याएको छ । आज गाउँपालिकामा भएको १३ औं गाउँसभाको तेस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले आगामी आवका लागि ३९ करोड ६९ लाख ४६ हजार ३ सय ४० रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको हो ।
पालिकाको निति तथा कार्यक्रम गाउँपालिका अध्यक्षले र आवका लागि बजेट गाउँपालिका उपाध्यक्षले प्रस्तुत गर्ने प्रचलन रहेको छ । सोहि अनुसार गाउँपालिका अध्यक्षको उपस्थितिमा उपाध्यक्ष कमलकुमारी लिम्बूले आज बजेट प्रस्तुत गर्नु भएको थियो ।
मैवाखोला गाउँपालिकाले यस अघिनै जेठ २८ गते आवको नीति तथा कार्यक्रम प्रस्ततु गरिसकेको थियो । गाउँपालिका अध्यक्ष वनेमले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमलाई आज भएको १३ औं गाउँसभाको दोस्रो बैठकले पारित गरेपछि गाउँपालिकाले आगामी आवका लागि बजेट ल्याएको गाउँपालिकाले जनाएको छ ।



















