साफ च्याम्पियनसिपको पहिलो खेलमै नेपाल र कुवेत भिड्ने

वेलकम खबर
असार ६, २०८०

काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबारदेखि सुरु हुने साफ च्याम्पियनसिपमा कुवेतसँग खेल्दै छ । खेल दिउँसो ३ ४५ बजे सुरु हुने खेल भारतको बैगलुरुमा हुनेछ।

छोटो समयको तयारीमा भारत पुगेको नेपालले फिलिपिन्समा एक मैत्रीपुर्ण खेल खेलेको थियो।मैत्रीपूर्ण खेल १–० ले पराजित भएको नेपाल साफमा सुखद सुरुवात गर्ने योजनामा छ। नेपाल यो पटक भारत, पाकिस्तान र कुवेत रहेको कठिन समुहमा छ। अघिल्लो संस्करण मालदिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल ३० वर्षपछि पहिलो पटक साफको फाइनलमा पुगेको थियो।

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमन्त थापा

मिडफिल्डरः पुजन उपरकोटी, अरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बु, आभास लामिछाने

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*