नेपाल टस जितेर पहिला फिल्डिङमा

वेलकम खबर
असार ५, २०८०

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

जिम्बाबेको हरारे मैदानमा केहिबेरमा सुरु हुने अमेरिकाविरुद्धको खेलमा चोटका कारण तिब्र गतिका बलर सोमपाल कामी घाइते भएपछि टीममा एक परिवर्तन गर्दै उनको स्थानमा बायाँ हाते स्पिनर ललित राजवंशीलाई प्लेइङ ११ मा समावेश गरेको छ।पहिलो खेलमा जिम्बावेसँग पराजित नेपाल आज आफ्ना पहिलो जितको खोजीमा रहेको छ ।पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको अमेरिका पनि आज नेपाललाई पराजित गर्दै पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ ।नेपालले विश्वकप छनोटको समूह चरण अन्तर्गत दोस्रो खेल बिहीबार वेस्ट इन्डिज र शनिवार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
विश्वकप छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।समूह ‘ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् । समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र यूएई छन् ।
प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउनेछ्न् र दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*