जिम्बाबेविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

वेलकम खबर
असार ३, २०८०

आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत जिम्बाबेविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।जिम्बाबेस्थित हरारे स्पोर्ट्स क्लबमा घरेलु टोली जिम्बाबेले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो।

नेपालले पहिलोपटक टेस्ट मान्यताप्राप्त देशसँग अन्तर्राष्ट्रिय एकदिवसीय खेल्न लागेको हो। नेपाल पहिलो खेलमै टेस्ट टोली जिम्बाबेलाई हराउन चाहन्छ। खेलमा नेपालको कप्तानी रोहित पौडेल र जिम्बाबेको कमानी क्रेग इर्विनले गर्नेछन्।

पछिल्लो समय उच्च लयमा रहेको नेपाल यसलाई कायम राख्ने योजनामा हुनेछ। विश्वकप छनोटमा नेपाल जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेको समूह एमा छ। समूह बीमा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र यूएई छन्।

विश्वकप छनोटका लागि नेपालले स्कटल्यान्डसँग दक्षिण अफ्रिकामा र जिम्बाबेमा दुई अभ्यास खेल खेलेको थियो।

नेपालको सुरुवाती ११
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*