बागमतीले ल्यायो ६२ अर्ब ७० करोडको बजेट (पूर्णपाठ)

वेलकम खबर
असार १, २०८०

काठमाडौ । बागमती प्रदेश सकारले आगामी आर्थिक वर्षको लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैंयाको बजेट ल्याएको छ।
कुल विनियोजन मध्ये चालु तर्फ २६ अर्व ७० करोड २७ लाख ६९ हजार, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्था तर्फ ५० करोड विनियोजन गरेको छ। कुल विनियोजन मध्ये चालु तर्फ ४२।५८ प्रतिशत, पुँजीगत तर्फ ५६।६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ०।८ प्रतिशत रहेको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट ५अर्व २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट रु। १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको वचत र अन्य प्राप्तिबाट १४ अर्व ४५ करोड ४७ लाख व्यहोरिने अनुमान गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले बताए।

बजेट-वक्तव्य-२०८०८१

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*