१६.४२ अंकले बढ्यो नेप्से, कारोबार रकम भने ५ अर्बमाथि

वेलकम खबर
जेष्ठ ३१, २०८०

काठमाडौ । आज (बुधबार) नेप्से परिसूचकमा दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से १६.४२ अंकले बढ्दा नेप्से इन्डेक्स २०३७.०६ विन्दुमा पुगेको हो ।
नेप्से बढेसँगै आज कारोबार रकम अत्याधिक सुधार देखिएको छ । आज ५ अर्ब १ करोड ७८ लाख ७ हजार माथिको कारोबार भएको हो ।आज १२६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेमा बढेसँगै आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*