७ कम्पनीको हकप्रद आउँदै, हेर्नुहोस् कुनको कति कित्ता ?
काठमाडौ । विभिन्न ७ वटा कम्पनी हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) काे पाइपलाइनमा रहेका छन् । ७ वटा कम्पनीमध्ये ४ वटा हाइड्राेपावर, एउटा फाइनान्स कम्पनी र एउटा विकास बैंक रहेकाे छ ।
हकप्रद निष्कासनका लागि सेबाेनकाे पाइपलाइनमा रहेका कम्पनीहरूकाे विवरण तल उल्लेख गरिएकाे छ :
१. मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड
मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले चुक्ता पुँजीको ३५% अर्थात् १:०.३५ को अनुपातमा १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न फागुन २९ गते नेपाल धिताेपत्र बाेर्डमा निववेदन दिएकाे छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।
२. अपर तामाकाेशी हाइड्राेपावर कम्पनी लिमिटेड
अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले हाल कायम रहेको चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न फागुन १८ गते नेपाल धिताेपत्र बाेर्डमा निववेदन दिएकाे छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।
३. अरुण काबेली पावर कम्पनी लिमिटेड
अरुण काबेली पावर कम्पनी लिमिटेडले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई १ कराेड ८५ लाख ५२ हजार एक सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्न गत कार्तिक २८ गते नै नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे थियाे । तर विद्युत नियमन आयोगले यही भदाै १२ गते, आइतबार अनुमति प्रदान गरेपछि मात्रै सेबाेनले आवश्यक प्रकृया अघि बढाएकाे हाे । कम्पनीले हकप्रद निष्कासन प्रयाेजनका लागि नबिल इनभेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ ।
४. नारायणी डेभलपमेन्ट बैंक लिमिटेड
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई २६ लाख २४ हजार ६ सय ७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न भदाै ९ गते, बिहीबार नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे हाे । बैंकले हकप्रद निष्कासन प्रयाेजनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
५. सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अनुपातमा आफ्ना सेयरधनीहरूलाई ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न यही फागुन ५ गते नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे हाे । बैंकले हकप्रद निष्कासन प्रयाेजनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
६. नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले १०:५ काे अनुपातमा आफ्ना सेयरधनीहरूलाई ८२ कराेड २१ लाख ४५ हजार ९ सय ७१ रूपैयाँ बराबरकाे ८२ लाख २१ हजार ४ सय ५९ दशमलव ७१७८ कित्ता हकप्रद सेयर निष्कासन गर्न कार्तिक २२ गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीले हकप्रद निष्कासन प्रयाेजनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ ।
७. अपि पावर कम्पनी लिमिटेड
अपि पावर कम्पनी लिमिटेडले चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् १:०.४० अनुपातमा १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्कासन गर्न चैत्र ६ गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीले हकप्रद निष्कासन प्रयाेजनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ ।



















