लगानीकर्ताले गरिदिए ब्रोकर ४४ मा तालाबन्दी

वेलकम खबर
जेष्ठ २१, २०८०

काठमाडौ । आन्दोलनरत लगानीकर्ताहरुले ब्रोकर नम्बर ४४ मा तालाबन्दी गरिदिएका छन्।  आन्दोलनरत लगानीकर्ता रोहन कार्कीको नेतृत्वमा गएको लगानीकर्ताहरु डिल्लीबजारमा रहेको डाइनामिक मनि म्यानेजर सेक्युरिटिज प्राइभेट लिमिटेडमा तालाबन्दी गर्देका हुन्।

पूँजी बजारमारा कर नीति ल्याएको भन्दै लगानीकर्ताहरुले सरकार विरुद्धको आन्दोलन कार्यक्रम चर्काउने घोषणा गरेका छन्। सरकारले सेयर कारोबारलाई व्यवसाय सरह नै कर लगाउन खोजेको कारण लगानीकर्ता आन्दोलनरत छन्। पूँजीगत लाभकर दीर्घकालिन ५ र अल्पकालिन ७.५ प्रतिशत नै अन्तिम कर कायम गर्नुपर्ने लगानीकर्ताहरुको माग छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*