बचत फिर्ताको माग गर्दै सहकारी पीडितद्वारा माइतीघरमा प्रदर्शन

वेलकम खबर
जेष्ठ २०, २०८०

काठमाण्डाै। सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समितिले बचत फिर्ताको माग राख्दै काठमाण्डाैमा प्रदर्शन गरेको छ । सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिवार आज काठमाण्डाैको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

सहकारीहरुले खाएर भागेको बचत फिर्ताको लागि पालिकादेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दा समेतबचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शनमा उत्रिएको उनीहरुले बताएका छन् ।

सङ्घर्ष समिति अध्यक्ष सुनितासिंह राजभण्डारीले सहकारीको बचत फिर्ताको लागि राज्यका सबै निकायहरु धाउँदा कतै पनि सुनुवाइ नहुँदा संयुक्त रुपमा पीडितहरु सडक आन्दोलनमा आएको बताउनु भयो । उहाँले सरकारसँग सहकारी पीडितहरुको माग सहकारीहरुलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरुले बनाउने निजी ऐन बन्द गर्नुपर्ने रहेको बताउनु भयो ।

उहाँले सहकारीमा बचत गरेको लाखौँ रुपैयाँ सहकारीले खाएर भागेपछि पीडितले न्याय सडक आन्दोलनमार्फत् माग्न बाध्य भएको बताउनु भयो । उहाँले काठमाण्डाै महानगरपालिका,वडा कार्यालय र प्रदेश सरकारसम्म न्याय माग्न जाँदा सुनुवाइ कतैबाट पनि नभएको बताउनु भयो ।

उहाँले अहिले १०० वटाभन्दा बढी सहकारीमार्फत् ठगिएका बचतकर्ताहरु एक ठाउँमा रहेको बताउनु भयो । उहाँले सहकारीमा बाटोमा दिनभर मकै पोल्ने, भारी बोकेर सहकारीमा जम्मा गरेको पैसा फिर्ता नदिएको भन्दै कुनै कालोधन जम्मा नगरेको बताउनु भयो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*