नेपालकी सलिना काभा च्यालेन्ज कपको उत्कृष्ट लिवेरो बनिन
काठमाडौं । नेपाली महिला भलिबलकी सलिना श्रेष्ठ काभा महिला भलिबल च्यालेन्ज कपको उत्कृष्ट लिवेरो घोषित भएकी छिन् । प्रतियोगिताभर सानदार प्रदर्शन गरेकी सलिनाले अन्य ७ देशका लिवेरोलाई पछि पार्दै उक्त अवार्ड प्राप्त गरेकी हुन् ।
नेपालले उज्वेकस्तानलाई ३(१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो । नेपाल सेमिफाइनलमा काजकिस्तानसँग ३९२ को सेटमा पराजित भएपछि सलिनाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । नेपाल भारतसँग समूह चरणको खेलमा ३(१ को सेटमा पराजित हुँदा पनि उच्च प्रदर्शन गरेकी थिइन् । समग्र प्रतियोगिताभर उनले उच्च प्रदर्शन गरिन् ।
भारतले फाइनलमा काजकिस्तानलाई सोझो सेटमा पराजित गर्दै च्याम्यियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको फाइनलमा भारतले काजाकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो । भारतले काजाकिस्तानलाई २५–१५, २५–२२ र २५– ले हराउँदै उपाधि जितेको हो । नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै तेस्रो भएको थियो



















