काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतलाई

वेलकम खबर
जेष्ठ १४, २०८०

काठमाडौ । काजाकिस्तानलाई हराउँदै भारतले नेपालमा सम्पन्न काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि उचालेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको फाइनलमा भारतले काजाकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि हात पारेको हो।
भारतले काजाकिस्तानलाई २५–१५, २५–२२ र २५–१८ ले पाखा लगायो।

भारत उज्वेकिस्तानलाई हराउँदै तथा काजकिस्तान नेपाललाई हराउँदै उपाधि नजिक पुगेका थिए। आजै तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै तेस्रो भएको हो। पहिलो सेट २०–२५ ले गुमाएको नेपालले त्यसपछिका तिन सेटमा लगातार जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो।

दोस्रो सेटमा २५–१६ को सहज जित निकालेको नेपालले तेस्रो सेटमा २५–१५ को सहज जित निकाल्योा। चौथो तथा अन्तिम सेटमा २५–१३ को सहज जित निकाल्दै नेपाल च्यालेन्ज कपमा तेस्रो भएको हो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*