सुनको मूल्य हालसम्मकै उच्च

वेलकम खबर
बैशाख २१, २०८०

काठमाडौं । बिहीबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि गत २२ चैतमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको थियो । बिहीबार १ हजार २०० रुपैयाँले सुनको भाउ बढेको हो ।

महासंघका अनुसार बिहीबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख ११ हजार २५० रूपैयाँ तोकिएको छ ।
बिहीबार चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ४४५ रुपैयाँ तोकिएको छ । बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार ४२५ रुपैयाँ तोकिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*