एसीसी प्रिमियर कपः नेपालको सानदार जीत,यूएईलाई हराउँदै एसिया कपमा नेपाल
वेलकम खबर
बैशाख १९, २०८०
काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।
यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्सान झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे । एसिया कप सेप्टेम्बर १ देखि १४ सम्म पाकिस्तानमा हुँदैछ । नेपालले भारत र पाकिस्तान रहेको समूह ए बाट एसिया कप खेल्नेछ ।



















