ओडीआईमा सन्दीपको कीर्तिमान

बने सबैभन्दा छिटो १०० विकेट लिने क्रिकेटर
वेलकम खबर
बैशाख ८, २०८०

काठमाडौ ।क्रिकेटर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा कीर्तिमान कायम गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्ध भएको खेलमा १०० विकेट लिएसँगै सन्दीप ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको रुपमा कीर्तिमान कायम गरेका हुन् ।

शुक्रबार ओमानविरुद्धको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् । यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल बाँकी छँदै सन्दीपले तोडेर आफ्नो नाममा ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको रुपमा नाम दर्ज गरेका हुन्  ।सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध ओडिआईमा डेब्यु गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*