उपेन्द्र सुब्बाको अनुभव- ‘फिल्म बुझ्नका लागि समाज बुझ्न जरुरी रैछ’

काठमाडौ । कथा र कविता लेखनमा उँचो नाम बनाएका उपेन्द्र सुब्बाको पहिलो निर्देशकीय फिल्म ‘जारी’ले यतिबेला घरेलू बजारमा आक्रामक व्यापार गरिरहेको छ । ‘कबड्डी’ सिरिज र ‘फूलबारी’बाट कथा तथा पटकथा लेखनमा आफूलाई अब्बल सावित गरेका उनले पहिलो फिल्मबाटै निर्देशनमा समेत राम्रो सम्भावना देखाएका छन् । रसिक ढंगले मौलिक कथा भन्न सक्ने क्षमता उपेन्द्रमा देखिएको छ ।
‘जारी’ निर्देशन गर्दै गर्दा उनले एउटा महत्त्वपूर्ण कुरा अनुभव गरेका छन्, फिल्म बुझ्नका लागि समाज बुझ्न जरुरी रहेछ । बुधबार काठमाडौंमा आयोजित पत्रकारसँग साक्षात्कार कार्यक्रममा उनले भने, ‘समाजको संस्कृति नबुझ्दा चाहिँ अलग(अलग अर्थ लाग्दै जाने रैछ । त्यसैले फिल्म बुझ्नका लागि समाज बुझ्न जरुरी छ । ‘जारी’मा मैले जुन समुदायबाट पनि बुझ्ने सुविधा छोडिदिएको छु ।’
फूले कथा लेख्दा वा त्यसलाई दृश्यभाषामा उतार्दा आफ्नो हिसाबले सोच्ने गरेको तर त्यसलाई बुझाउनतिर नलाग्ने गरेको उनको आत्मस्वीकारोक्ति छ । आफ्नो यही स्वभावले ‘जारी’मा हाङ्मा ९मिरुना मगर० नाम्साङ ९दयाहाङ राई०को घरमा नोकर बस्न गएको भन्ने अर्थ लाग्न पुगेको उपेन्द्र बताउँछन् । तर, हाङ्मा नोकर बस्न गएको भन्ने आफूले देखाउन नखोजेको उनले स्पष्ट पारेका छन् ।
उनले भने, ‘फिल्ममा हाङ्मा नाम्साङको घरमा नोकर बसेको होइन । हाङ्मामाथि नाम्साङको हक लाग्छ । सम्बन्ध टुटेको होइन नि त । हाङ्मामाथि नाम्साङको हक तबसम्म लाग्छ, जबसम्म जारी असुल हुँदैन । त्यही भएर हाङ्मालाई नाम्साङले जारी तिराउन फिर्ता ल्याएको हो । तर, फिर्ता ल्यायो भन्दैमा हाङ्मा नाम्साङको श्रीमती वा नोकर होइन । तर पनि उसको हक लाग्छ । बन्धक जस्तो ।’
उनी थप प्रस्ट्याउँदै भन्छन्, ‘एउटा पात्रले ‘म जान्छु नोकर बस्न’ भन्दा हाङ्माले ‘म जान्छु’ भन्दा नोकर बस्न गएको भन्ने अर्थ लागेछ । यति धेरै भन्नलाई मैले सिन बनाएँ भने मेरो कथा त्यही सकिन्थ्यो । भन्न नजान्दा यसरी ‘स्किप’ गरेर गइँदो रहेछ । बनाउन जान्नेले त्यही सिध्याउँथ्यो होला र राम्रो बनाउँथ्यो होला । मैले चाहिँ माथि पुर्याउनलाई ‘स्किप’ गर्दै गएँ । मैले कथा त्यसरी विगारेको रैछु ।’filmykhabar