चेपे(ए जलविद्युत आयोजनामा भएको तोडफोडबाट ३३ करोडभन्दा बढीको क्षति

वेलकम खबर
पुस ७, २०७९

काठमाडौं । लमजुङ र गोरखाको सीमा क्षेत्र चेपे खोलामा निर्माणाधीन ७ मेगावाटको चेपे(ए जलविद्युत आयोजनामा भएको तोडफोडबाट ३३ करोडभन्दा बढीको क्षति भएको छ । सन् २०२२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाले काम गरिरहेको थियो ।

आयोजनाको संरचनामा भएको तोडफोड र आगजनीबाट ३३ करोडको क्षति भएको आयोजनाको भनाइ छ । लमजुङको वृहत् सिंचाइ आयोजना राइनासटार सिंचाइ आयोजनाको मुहान नै प्रभावित पार्ने गरी आयोजना निर्माण गरेको भन्दै प्रभावित स्थानीयले आयोजनामा तोडफोड गरेका हुन् ।

स्थानीयले गरेको तोडफोड र आगजनीबाट साढे तीन करोड बराबरको भौतिक क्षति भएको आयोजनाका अध्यक्ष डा।हरिराम पराजुलीले बताए । आयोजनाको भौतिक क्षतिसहित अब आयोजना पुनर्निर्माणका लागि लाग्ने अनुमानित खर्च र समय हिसाब गर्दा कम्तीमा ३३ करोड खर्च हुने अध्यक्ष पराजुलीको भनाइ छ ।

आक्रोशित स्थानीयले आयोजनाको दुई वटा ट्रक, दुई वटा मोटरसाइकल, दुई वटा जेनेरेटर र स्टोरमा आगलागी गरेका थिए भने आयोजनाको कार्यालय भवनमा तोडफोड गरेका थिए ।

प्रवर्द्धक कम्पनी चम्पावती हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको उक्त आयोजनाको ६० प्रतिशत काम पूरा भइसकेको आयोजनाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*