पेनाल्टी सुटआउटमा स्पेनलाई हराउँदै मोरक्को क्वाटरफाइनलमा
वेलकम खबर
मंसिर २०, २०७९
काठमाडौं । कतारमा जारी फिफा विश्वकपकामा मोरक्को क्वाटरफाइनलमा पुगेको छ । मंगलबार राति एजुकेसन सिटी स्टेडियममा भएको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
पेनाल्टी सुटआउटमा स्पेनका पाब्लो सराविया, कार्लोस सोलर, सर्जियो बुस्केट्सको प्रहार विफल भयो। मोरक्कोका अब्देल्लामिद साविरी, हामिक जियाच, अचरफ हाकीमीको प्रहारले पोष्टको दिशा लियो। बडर बेनौनको प्रहार भने विफल भयो।निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसके पछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।



















