दक्षिण कोरियाविरुद्ध मैदान उत्रँदै नेयमार

वेलकम खबर
मंसिर १८, २०७९

काठमाडौ । ब्राजिलयन स्टार फरवार्ड नेयमार फिफा विश्वकप कतार २०२२ अन्तर्गत नकआउट चरणको खेलमा मैदानमा उत्रिने भएका छन् ।

समूह चरणको पहिला खेलमै सर्वियाविरुद्ध नेयमारले दायाँ खुट्टामा चोट बोक्दै मैदानबाट बाहिरिनु परेको थियो । सर्वियन डिफेन्डर निकोला मिलेन्कोभिचको ट्याकलका कारण एंकलमा चोट बोकेपछि नेयमारलाई ८०औं मिनेटमा परिवर्तन गरिएको थियो । त्यसपछि उनले स्वीट्जरल्यान्ड र क्यामरुनसँगको खेल गुमाएका थिए ।

तर, अहिले भने नेयमार खेलमा फर्कन पूर्ण रुपमा फिट भएको ब्राजिलको मेडिकल टिमले बताएको छ । उनले नकआउट चरणमा दक्षिण कोरियासँगै खेल्दैछ । उक्त खेल मंगलबार हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*