पाथीभरा म्याराथनको उपाधि कुँवर र शेर्पालाई
ताप्लेजुङ । जुम्लाका दलबहादुर कुँवर यस बर्षको पाथीभरा म्याराथन दौडको विजेता बन्नुभएको छ । आज भएको म्याराथन दौडमा ४घण्टा १२ मिनेट २७ सेकेन्डमा निर्धारित दुरी ५४ किलोमिटर पार गरी कुँवर बिजेता बन्नुभएको हो ।
त्यस्तै नेपाली सेनाका खगेन्द्रबहादुर भाटले ४ घण्टा १२ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गरी दोस्रो बन्नुभएको छ भने नेपाली सेनाकै राजन मेन्याङ्वो तेस्रो बनेको आयोजकले जनाएको छ ।
यता महिला तर्फको हाफ म्याराथन तर्फ भने ताप्लेजुङ मैवाखोला गाउपालिकाका साङपाल्मु शेर्पाले ३ घण्टा ४१ मिनेट ९ दरी पार गदै प्रथम बन्नुभएको छ त्यस्तै ताप्लेजुङकै छेन्बिमाया राई द्धितीय बन्नुभएको म्याराथन प्रतियोगिता संयोजक यीगेन्द्रकुमार गुरुङले जानकारी दिनुभयो ।
खुलातर्फ प्रथम पुरस्कार रु एक लाख ५१ हजार, द्वितीयलाई रु एक लाख ११ हजार र तृतीयलाई रु ५१ हजार तथा महिलातर्फ प्रहिलोलाई रु ८१ हजार, द्वितीयलाई रु ५१ र तृतीयलाई रु ३१ हजार प्रदान गरिने छ ।
पुरुष म्याराथनतर्फ एक सय ३५ धावक र हाफ म्याराथन महिलातर्फ २४ धावक सहभागी भएको आयोजक समितिले जनाएको छ । मंगलवार देखि शुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव आज समापन हुदैछ ।



















