ताप्लेजुङ युवा समाजले अन्तरपालिका स्तरीय फुटसल खेलाउने
काठमाडौं । ताप्लेजुङ युवा समाज काठमाडौैले अन्तरपालिका स्तरीय फुटसल खेल सञ्चालन गर्ने भएको छ । वडा दशै तथा दिपावलीको अवसर पारेर ताप्लेजुङ युवा समाज काठमाडौंले आउदो शनिवार (८ गते ) प्राईम फुटसल ज्ञानेश्वमा फुटसल खेलाउने भएको हो ।
पालिका स्तरीय खेलमा प्रथम हुनेले नगद ६० हजार प्रमाण–पत्र, त्यस्तै दोस्रो हुनेल ३५ हजार र सहित मेडल र प्रमाण–पत्र प्राप्त गर्ने साथै उत्कृष्ट खेलाडी , गोल रक्षक र सर्बाधिक गोल कर्तालाई समेत पुरस्कारको ब्यवस्था गरिएको युवा समाजका महासचिव निरोज लिवाङ बताउनुभयो । खेलको ईन्ट्री फि ५ हजार लाग्ने आयोजकले जनाएको छ । खेल सम्पन्न गर्नका लागि याम नेयाङलाई खेलकुद बिभाग प्रमुख र विकेश लंवा लिम्बू खेल संयोजक समेत तोकेको छ ।



















