अलैँची मासेर अन्य बाली लगाइँदै

वेलकम खबर
भदौ ७, २०७९

सोलुखुम्बु : सोलुखुम्बुको महाकुलुङका कृषकहरूले धमाधम अलैँचीको बिरुवा उखेल्न थालेका छन्।

अलैँचीमा रोग किराले दुःख दिनुका साथै उत्पादनमा समेत भारी गिरावट आउँदा सो क्षेत्रका कृषकहरुले बोट नै मास्न थालेका हुन्।

केही वर्षयता अलैँचीमा लागेको रोगका कारण बोट सुक्न थालेको छ। उत्पादित अलैँचीको मुल्य निरन्तर ओरालो लाग्दा कृषकले बिरुवा नै मासेर अन्य बाली लगाउन थालेको महाकुलुङ गाउँपालिका-५ चाचालुङका अनिल राईले बताए।

अलैँची उखेलेरको बारीमा आलु, मकै रोप्न थालिएको अर्का कृषक धनभाग्य कुलुङले बताए।

स्थानीयका अनुसार वडा नम्बर ५ मा मात्रै झण्डै ६ हजार बोटभन्दा बढी अलैँचीको बिरुवा नष्ट गरेर अन्य बाली लगाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*