मेरिङदेनले चुम्यो मैवाखोला प्रथम फुटसलको उपाधि
काठमाडौ । मैवाखोला समाज काठमाडौले आयोजना गरेका अन्तरपालिका स्तरीय प्रथम मैवाखोला समाज प्रथम फुटसल कपको उपाधि मेरिङदेन गाउपालिकाले हात पारेको छ ।

आज शनिवार भएको खेलमा मेरिङदेनले गाउपालिकाले सिरिजंघा गाउपालिकालाई २—१ले हराउदै उपाधि हात पारेको हो । विजेता मेरिङदेनले नगद ३५ हजार सहित ट्रफी प्राप्त गरे भने उप विजेता सिरिजंघाले २० हजार नगदमा चित्त बुझाएको खेल संयोजक योगेन्द्र नेयोहाङले जानकारी दिनुभयो ।

खेलमा वेस्ट खेलाडी मेरिङदेनका विकेश लिम्बु बने भने स्कोरर पनि मेरिङदेनकै विश्व लिम्बु बनेका हुन उत्कृष्ट गोल किपर सिरिजंघाको नविन पनेरु बनेका छन । पुरस्कार मैवाखोला गाउपालिकाका अध्यक्ष बलबहादुर तामाङ लगायतले वितरण गर्नु भएको थियो ।

उद्घाटन खेलमा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले खेलले जिल्लावासीलाई एक बनाएको बताउदै खेल सफलतको शुभकामना दिनु भएको थियो । त्यस्तै प्रदेश न १ का सामाजिक विकास मन्त्री प्रतापप्रकाश हाङगामले फुटसल खेलको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।




















